You are viewing the translated version of व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता.

Section 17
व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता
ऐनको दफा ५९ को उपदफा (२) बमोजिम बीमकले व्यवस्थापन वा प्राविधिक सेवा सम्झौताको मस्यौदा स्वीकृतिको लागि प्राधिकरणमा पेस गर्दा देहायका विवरण खुलाउनु पर्नेछ:-

(क) सम्झौता अन्तर्गत सेवा लिने विषय, योजना र औचित्य,

(ख) सम्झौताको अवधि र शुल्क,

(ग) जनशक्तिको पारिश्रमिक, सुविधा लगायतको अन्य लागत,

(घ) सम्झौता उल्लङ्घन भएमा क्षतिपूर्तिको व्यवस्था,

(ङ) ८ सम्झौताबाट बीमकलाई प्राप्त हुने लाभ,

(च)- सम्झौतामा राख्न उपयुक्त अन्य विषय।